भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दादुरा-रुवेलाविरुद्धको खोप अभियान आजदेखि 

दादुरा-रुवेलाविरुद्धको खोप अभियान आजदेखि 

काठमाडौं । दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएकोछ । खोप सुरक्षित र प्रभावकारी रहेकाले आ-आफ्नो बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेको जानकारी दिए । दादुरा-रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपलाई डब्लुएचओले गुणस्तरययुक्त भनी प्रमाणित गरेको र औषधि व्यवस्था विभागले मान्यता दिए । उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि नआत्तिन आग्रह गरे ।

खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली पनि गठन गरिएको छ । भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइदैछ ।

५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।

सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा-रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.