भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

दसैँमा गाउँघर फर्कनेको चहलपहल बढ्यो, सार्वजनिक यातायात र नेपाल टेलिकमका अफर खुला

दसैँमा गाउँघर फर्कनेको चहलपहल बढ्यो, सार्वजनिक यातायात र नेपाल टेलिकमका अफर खुला

मुख्य बुद्दा 

दशैँ शुरु भएसँगै गाउँघर फर्कनेको चहलपहल बढ्यो

यात्रुबाहक सार्वजनिक गाडीमा रुट परमिट खुला

नेपाल टेलिकमले दशैँ, तिहार र छठका अवसरमा विशेष डाटा, भ्वाइस र SMS प्याकेज ल्यायो

रुट परमिट असोज २२ गतेसम्म लागू

काठमाण्डौ, ६ असाेज ।  दशैँ शुरु भएसँगै काठमाण्डौ उपत्यका र अन्य शहरबाट गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । आज दशैँको घटस्थापनासँगै घर फर्कनेको चहलपहल बढेको हो । कतिपय निजी कार्यालय, कलेज र विद्यालयमा दशैँ बिदा शुरु भइसकेको छ भने केही कलेज र विद्यालयले फूलपातीको अघिल्लो दिनसम्म परीक्षा तालिका राखेका छन् ।

सरकारी कार्यालय पनि फूलपातीदेखि बिदा हुने घोषणा गरेका छन् । यसैबीच यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि रुट परमिट खुला गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार देशभर सार्वजनिक यातायात चाडपर्वको बेलामा सहज सञ्चालनका लागि रुट परमिट खुला गरिएको हो ।

रुट परमिट खुला भएसँगै अब सार्वजनिक यातायातले अनुमति बिना नै गन्तव्यसम्म यात्रा गर्न पाउनेछन्, तर कुनै विशेष प्रकारका गाडीलाई भने बन्देज कायम रहनेछ । यो रुट परमिट असोज २२ गतेसम्म लागू रहने अध्यक्ष स्वाँरले जानकारी दिनुभयो ।

यसैबीच, नेपाल टेलिकमले दशैँ, तिहार र छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याएको छ । ‘दसैँ–तिहार–छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेज उपलब्ध हुनेछन् ।

FTTH प्याकेजमा छुट: असोज ६ देखि ३१ गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ ।मोबाइल डाटा प्याकेज: रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेज: दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिने, ५ जीबी सकिएपछि २ Mbps गति । रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज: दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिने, १० जीबी सकिएपछि ३ Mbps गति ।

भ्वाइस र एसएमएस प्याकेज: रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा, रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधा, यी प्याकेज प्रिपेडमा २८ दिन र पोष्टपेडमा ३० दिनको लागि उपलब्ध हुनेछन् ।

खरिद गर्न असोज ६–२० र कार्तिक १–१० सम्म सकिनेछ । ग्राहकले १४१५११# डायल वा ‘नेपाल टेलिकम एप’ मार्फत प्याकेज खरिद गर्न सक्नेछन् ।नेपाल टेलिकमले चाडपर्वको समयमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन र खुशी बाँड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.