भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बस दुर्घटनामा  हराइरहेका मध्य तीन जनाको शव भेटियो

बस दुर्घटनामा  हराइरहेका मध्य तीन जनाको शव भेटियो

धादिङ । गजुरी गाउँपालिका–५को घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका चार जनामध्य तिन जनाको शव फेला परेको छ ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदी र रुपन्देशीकै प्रकाश पाठकको शव फेला परेको हो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । पाठकको शव हिजो साँझ दुर्घटना स्थल भन्दा केही तल भेटिएको ईलाका प्रहरीका कार्यालय गजुरीले जनाएको छ । वसामा ५३ यात्रु रहेको खुलेको बाँकी हराई रहेका दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाईएको छ ।

गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो । बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । ४१ यात्रु घाइते भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.