भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

काठमाडौंमा २ जनाको शव फेला

काठमाडौंमा २ जनाको शव फेला

काठमाडौं । दक्षिणकाली नगरपालिका८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका–५ का ४२ वर्षीय रामचन्द्र खनालको भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरमा बस्दै आएका थिए । महिलाको शव भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की अन्दाजी ३२ वर्षीया सविना राईको भएको प्रहरीले जानकारी गराएको छ ।

शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । सडकबाट करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेलापरेको थियो ।
घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल समेत टुक्रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.