काठमाडौं । दक्षिणकाली नगरपालिका८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका–५ का ४२ वर्षीय रामचन्द्र खनालको भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरमा बस्दै आएका थिए । महिलाको शव भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की अन्दाजी ३२ वर्षीया सविना राईको भएको प्रहरीले जानकारी गराएको छ ।
शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । सडकबाट करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेलापरेको थियो ।
घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल समेत टुक्रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
धरान, १८ वैशाख । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडा नजिकै कोशी लोकमार्गमा ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल...
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको...
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...
काठमाडौं, १ वैशाख । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका जोडीहरूले सहमतिमा गरेको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी नमान्ने निर्णय गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४...