काठमाडौं । माल्दिभ्सले इजरायली राहदानीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णय लागू भएपछि इजरायली नागरिकले माल्दिभ्स प्रवेश गर्न पाउने छैनन् । माल्दिभ्सका गृहमन्त्री अली इहुसानले इजरायली राहदानी भएका मानिसलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने कानूनमा संशोधन गर्ने निर्णय भएको बताउनुभएको छ ।
मन्त्रिपरिषद्ले प्रक्रियालाई तिब्रता दिन विशेष समिति पनि गठन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । यसैबीच इजरायलले आफ्ना नागरिकलाई माल्दिभ्स नजान चेतावनी दिएको छ । त्यहाँ रहेका इजरायलीलाई जतिसक्दो छिटो फिर्ता हुन पनि इजरायलले आग्रह गरेको छ ।
इजरायल र गाजामा भईरहेको युद्धबारे धेरै देशले निन्दा गरिरहेका छन् । माल्दिभ्सले पनि इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेपछि इजरायली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसबाहेक मन्त्रिपरिषद्ले प्यालेस्टाइनीहरूको लागि कोष जुटाउने र प्यालेस्टाइनलाई समर्थन गर्न मुस्लिम देशसँग छलफल गर्ने निर्णय गरेको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वासिङ्टन, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (EU) र मेक्सिकोलाई लक्षित गर्दै आगामी अगस्ट १ देखि ३० प्रतिशत आयात कर लगाइने घोषणा गरेका छन्। ट्रम्पको यो...
अहमदाबाद, २८ असार । भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान जून १२ मा दुर्घटनामा परेको थियो। प्रारम्भिक प्रतिवेदन अनुसार, विमानका दुवै इन्जिन लगभग एकैसाथ...
गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु...
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...