भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

इजरायली राहदानीमा माल्दिभ्सले प्रतिबन्ध लगाउने

इजरायली राहदानीमा माल्दिभ्सले प्रतिबन्ध लगाउने

काठमाडौं । माल्दिभ्सले इजरायली राहदानीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णय लागू भएपछि इजरायली नागरिकले माल्दिभ्स प्रवेश गर्न पाउने छैनन् । माल्दिभ्सका गृहमन्त्री अली इहुसानले इजरायली राहदानी भएका मानिसलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने कानूनमा संशोधन गर्ने निर्णय भएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्ले प्रक्रियालाई तिब्रता दिन विशेष समिति पनि गठन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । यसैबीच इजरायलले आफ्ना नागरिकलाई माल्दिभ्स नजान चेतावनी दिएको छ । त्यहाँ रहेका इजरायलीलाई जतिसक्दो छिटो फिर्ता हुन पनि इजरायलले आग्रह गरेको छ ।

इजरायल र गाजामा भईरहेको युद्धबारे धेरै देशले निन्दा गरिरहेका छन् । माल्दिभ्सले पनि इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेपछि इजरायली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसबाहेक मन्त्रिपरिषद्ले प्यालेस्टाइनीहरूको लागि कोष जुटाउने र प्यालेस्टाइनलाई समर्थन गर्न मुस्लिम देशसँग छलफल गर्ने निर्णय गरेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.