भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु

कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु

काठमाडौं । कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ५ बस्ने ५१ वर्षीय सागर विक रहेका छन् भने अर्का एकजनाको भने परिचय नखुलेको प्रहरीले जनाएको छ ।

दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूषलाई लम्कीचुहा नगरपालिका ३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत फेला परेका हुन् ।

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.