भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भारतको उत्तर प्रदेशको सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको उन्नाव नजिकै सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

एक स्लीपर बस आगरा–लखनउ एक्सप्रेसवेमा गुड्दै गर्दा दूधको ट्यांकरसँग ठक्कर खाएको थियो । सो दुर्घटना बसले ट्यांकरलाई ओभरटेक गर्ने क्रममा भएको थियो ।

ठक्करपछि बस पल्टिएको थियो । पीटीआईका अनुसार सो बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै नयाँदिल्ली गइरहेको थियो ।

सो घटनामा मृत्यु हुनेमा १४ पुरुष, दुई महिला र दुई बालबालिका भएको जनाइएको छ । केन्द्र सरकारले मृतकका प्रतिपरिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । बीबीसी

 

 


Thali Mobile Pvt.Ltd.