भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पदभार ग्रहणगर्दै बागमतीका स्वास्थ्यमन्त्री थापाको दुरगामी पहिलो निर्णय

पदभार ग्रहणगर्दै बागमतीका स्वास्थ्यमन्त्री थापाको दुरगामी पहिलो निर्णय

हेटौंडा । मंगलबार गठन भएको बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य सुधारमा प्रभावकारी निर्णय गर्नुभएको छ । बुधबार पदभार ग्रहण गर्दै मन्त्री थापाले ३ वटा दुरगामी प्रभाव पार्ने निर्णय गर्नुभएको हो ।decision after assuming office

मन्त्री थापाको पहिलो निर्णयमा प्रदेश सरकारले विगतमा क्यान्सर पीडित विपन्न नागरीकलाई दिदै आएको ५० हजार आर्थिक सहुलियतलाई बढाएर रु १ लाख दिने पुर्‍याउने रहेको छ । उक्त निर्णयलाई प्रभावकारी वनाउन थप आवश्यक पर्ने ११ करोड बजेट मन्त्रिपरिसद्मा माग गर्ने मन्त्री थापाले बताउनुभयो ।

decision after assuming office

दोस्रो निर्णयमा मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियान तथा मानसिक स्वास्थ्य प्रवद्र्धन अभियानको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला स्तरमा नसर्ने रोग तथा मानसिक रोग रोगथाम र न्युनिकरण सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन गर्ने रहेको छ ।

नवनियक्त स्वास्थ्यमन्त्री थापाले मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियान प्रदेशका सबै जिल्ला र स्थानीय तहमा सञ्चालन गर्ने बताउँदै निर्णय कार्यान्वयनका लागि नागरिकलाई सचेतना फैलाउन विभिन्न ९ ओटा नारा तय गर्ने जानकारी दिनुभयो ।
उल्लेखित नाराहरु
१. म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ खान्नँ ।
२. म नियमित योग तथा व्यायाम गर्छु ।
३. म स्वस्थ र पोषिलो खाना खान्छु ।
४. म नियमित स्वास्थ्य परिक्षण गर्छु ।
५. म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजक रहन्छु ।
६. मेरो परिवारको स्वास्थ्य विमा गराउछु ।
७. म मेरो घर, आँगन र वातावरण सफा राख्छु ।
८. म मेरो परिवारको ३० वर्ष माथिका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको परिक्षण गराउछु ।
९. म ट्राफिक नियमको पालना गर्छु । जस्ता नाराहरु रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.