भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

गाजामा इजरायली सैन्य कारबाही विस्तार गर्ने निर्णय, मानवीय संकट गहिरिने चेतावनी

गाजामा इजरायली सैन्य कारबाही विस्तार गर्ने निर्णय, मानवीय संकट गहिरिने चेतावनी

एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजापट्टीमा सैन्य कारबाही विस्तार गर्ने योजना सर्वसम्मतिले पारित गरेको छ। नयाँ योजनाले गाजाको केही भूभागलाई इजरायली सेनाको नियन्त्रणमा ल्याउने र त्यहाँ बसोबास गरिरहेका नागरिकहरूलाई दक्षिणतर्फ स्थानान्तरण गर्ने प्रस्ताव समेटेको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वमा भएको मन्त्रिपरिषद् बैठकले उक्त योजना पारित गरेको हो। अधिकारीहरूले बताएअनुसार यस कारबाहीको मुख्य उद्देश्य प्यालेस्टिनी विद्रोही समूह हमासलाई परास्त गर्नु र बन्धकहरूलाई मुक्त गराउनु हो। तर आलोचकहरूले भने यो कदमले बन्धकहरूको ज्यान अझ जोखिममा पर्ने चेतावनी दिएका छन्।

सैन्य अभियानका लागि इजरायली सेनाले हजारौं सञ्चित सैनिकहरूलाई पुनः आह्वान गरेको छ। गाजामा मार्च ५ देखि पुनः सुरु भएको आक्रमणपछि मृतकको संख्या २,४३६ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यसबीच, संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले गाजामा गहिरिँदो मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

दुई महिनादेखिको पूर्ण नाकाबन्दीका कारण खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको चरम अभाव भएको छ। भोकमरीको जोखिम बढ्दै गएको र अस्पतालहरू सेवा दिन असमर्थ बन्दै गइरहेका बताइएको छ।

इजरायलको पछिल्लो निर्णयसँगै गाजाको अवस्था अझ भयावह बन्ने अनुमान गरिंदैछ। अन्तर्राष्ट्रिय समुदायले तत्काल मानवीय सहायता सुनिश्चित गर्न र दीर्घकालीन समाधानका लागि वार्ता प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.