भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दीपक मनाङेलाई ५ वर्ष कैद सजाय

दीपक मनाङेलाई ५ वर्ष कैद सजाय

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरिदिएको हो । यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो ।

मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् । त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चको यो फैसलापछि उनले अब थप ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ ।