भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग

सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मा। मन्त्री बलराम अधिकारीसँग भेटी भक्तपुर नगरपालिकाले सञ्चालन गरिने ख्वप विश्वविद्यालय सञ्चालनको लागि नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गराउन सोमबार ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टको नाममा रहेको जग्गाको खोजी कार्य भइरहेको जानकारी दिनुहुँदै ट्रष्टको नाममा रहेको जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपाल ट्रष्टको स्वामित्व कायम हुने ढंगले सल्लाघारीको १०८ रोपनी जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने नमिल्ने अध्ययन गरिने समेत जानकारी गराउनुभयो ।

ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक लिजमा दिने विषयमा आवश्यक छलफल गरिने बताउँदै मन्त्री अधिकारीले संरक्षणको अभावमा सल्लाघारीको १०८ रोपनी जग्गा दुरुपयोगको सम्भावना भएको हुँदा उक्त क्षेत्र संरक्षण र संबद्र्धन गर्न दुवै पक्षले सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा सांसद सुवालले सल्लाघारीस्थित १०८ रोपनी जग्गाको पृष्ठभूमिबारे प्रष्ट पार्दै भक्तपुर नपाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न पटक पटक सल्लाघारीको उक्त जग्गा माग गर्दै आएको बताउनुभयो । उक्त क्षेत्रमा जग्गा अतिक्रमणका कारण क्षेत्रफल घटेको बताउँदै उहाँले भक्तपुर नपाले १०८ रोपनी जग्गा संरक्षण र संबद्र्धनको लागि पर्खाल निर्माण गरी संरक्षण र व्यवस्थापन समेत गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।

सांसद सुवालले सार्वजनिक जग्गा मिच्नु पनि भ्रष्टाचार भएको बताउँदै देशविदेशका विद्यार्थीहरुलाई अध्ययनअनुसन्धानमा अग्रसर बनाउन ख्वप विश्वविद्यालयको अवधारणालाई अगाडि ल्याइएको बताउनुभयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुहुँदै भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको सहमतिमा नगरपालिकाको खर्चमा १०८ रोपनी जग्गाको चारैतर्फ पर्खाल लगाइ आवश्यकताअनुसार ५ वटा गेटको व्यवस्था गरी उक्त क्षेत्रको संरक्षण गर्दै आइरहेको बताउनुभयो ।

सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै उहाँले कलेज स्थापनादेखि हालसम्म ख्वप उच्च माविमा २३ हजार ७४५, ख्वप इन्जिनियरिङ कलेजमा ५ हजार ४५, ख्वप कलेजमा ८ हजार ७३३, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा १ हजार ५५४, ख्वप कलेज अफ इन्जिनियरिङमा २ हजार ६०३ र ख्वप कलेज अफ लमा १ सय २० गरी जम्मा ४१ हजार ७९८ जना विद्यार्थीहरु भर्ना भइ अध्ययन गरिसकेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति ‘विद्यालय, महाविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनको लागि अनुदान प्रदान गर्न’ प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई उपलब्ध गराइदिन अनुरोध गर्नुभयो ।

२०८० फागुन ४ गते संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ समितिबाट अगाडि बढाउन अनुरोधपत्र हस्तान्तरण भएको स्मरण गर्दै उहाँले जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयगत कलेजहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग

उक्त भेटमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिसहितको टोलीले कानुन सचिव उदयराज सापकोटा र सहसचिव निर्मला अधिकारी भटटराईसँग भेट गरी ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाइ दिन आग्रह गर्नुभयो । ख्वप विश्वविद्यालय विधेयक शिक्षा मन्त्रालय, अर्थमन्त्रालय हुँदै अहिले कानुन मन्त्रालयमा विचाराधीन रहेको छ । कानुन सचिव सापकोटाले ख्वप विश्वविद्यालय विधेयकबारे आफूहरु सकारात्मक भएको बताउँदै चाँडै नै प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.