भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

यसपटक सरदरभन्दा बढी वर्षा हुने सम्भावना, सजकता अपनाउन विभागको अनुरोध

यसपटक सरदरभन्दा बढी वर्षा हुने सम्भावना, सजकता अपनाउन विभागको अनुरोध

काठमाडौं । देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसपटकको मनसुनमा देशभर औसतभन्दा धेरै वर्षाको विभागले प्रक्षेपण गरिएको हो ।

अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ । न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ । यही जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको मनसुनी अवधिमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसपटक ३५ देखि ५५ प्रतिशत वर्षा हुने जनाएको छ ।

कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.