भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत सङ्घ तहको नभएपनि धेरै नजिकको

रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत सङ्घ तहको नभएपनि धेरै नजिकको

एजेन्सी । उत्तर कोरियाको भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज जाँदैछन् । पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो ।

रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत सङ्घ तहको नभएपनि धेरै नजिकको भएको बताइएको छ । गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ ।

त्यसको लागि उत्तर कोरियाले अमेरिकी भूमिमै आक्रमण गर्ने लामा दूरीका क्षेप्यास्त्र दिन सहयोग गर्ने बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हातहतियार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.