भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

युक्रेनद्वारा रुसमा ठुलो कारबाही, दोस्रो पुल ध्वस्त पारेको दाबी

युक्रेनद्वारा रुसमा ठुलो कारबाही, दोस्रो पुल ध्वस्त पारेको दाबी

एजेन्सी। युक्रेनले रुसको दोस्रो रणनीतिक पुल ध्वस्त बनाएको बताएको छ । युक्रेनको सेनाले आइतबार पुल ध्वस्त बनाएको जनाएको हो । युक्रेनी सेना पुल ध्वस्त बनाएको भिडियो समेत सार्वजनिक गरेको छ ।

रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राखेको युक्रेनले जनाएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरे यता युक्रेनले रुसमा अहिलेसम्मकै ठुलो कारबाही गरिरहेको जनाएको छ ।

यसअघि युक्रेनले सेयम नदीमा बनेको अर्को पुल पनि ध्वस्त बनाएको थियो । सो पुल ग्लुसकोभोमा रहेको थियो । उक्त पुललाई रुसी सेनाले प्रयोग गर्ने गरेको दाबी गरिएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी आक्रमणलाई विफल पार्न बफर जोन निर्माण गर्ने लक्ष्य रहेको जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.