भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युक्रेनद्वारा रुसमा ठुलो कारबाही, दोस्रो पुल ध्वस्त पारेको दाबी

युक्रेनद्वारा रुसमा ठुलो कारबाही, दोस्रो पुल ध्वस्त पारेको दाबी

एजेन्सी। युक्रेनले रुसको दोस्रो रणनीतिक पुल ध्वस्त बनाएको बताएको छ । युक्रेनको सेनाले आइतबार पुल ध्वस्त बनाएको जनाएको हो । युक्रेनी सेना पुल ध्वस्त बनाएको भिडियो समेत सार्वजनिक गरेको छ ।

रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राखेको युक्रेनले जनाएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरे यता युक्रेनले रुसमा अहिलेसम्मकै ठुलो कारबाही गरिरहेको जनाएको छ ।

यसअघि युक्रेनले सेयम नदीमा बनेको अर्को पुल पनि ध्वस्त बनाएको थियो । सो पुल ग्लुसकोभोमा रहेको थियो । उक्त पुललाई रुसी सेनाले प्रयोग गर्ने गरेको दाबी गरिएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी आक्रमणलाई विफल पार्न बफर जोन निर्माण गर्ने लक्ष्य रहेको जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.