भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

ट्याङ्कर चालक देउवा र सहचालकमाथि धारिलो हतियार प्रहार

ट्याङ्कर चालक देउवा र सहचालकमाथि धारिलो हतियार प्रहार image

काठमाडौं । कैलाली धनगढीमा अज्ञात समूहले ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार गरेका छन् । इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालक घाइते अवस्थामा छन् ।

आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । अहिले उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए । आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणकारीले पार्किङ गरी राखिएका चारवटा ट्याङ्करहरुमा पनि तोडफोड गरेका छन् । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं को ट्याङ्करहरुको अगाडिको सिसामा क्षति पुगेको छ । घटनास्थल त्रिनगर प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा पर्दछ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda