भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

ट्याङ्कर चालक देउवा र सहचालकमाथि धारिलो हतियार प्रहार

ट्याङ्कर चालक देउवा र सहचालकमाथि धारिलो हतियार प्रहार

काठमाडौं । कैलाली धनगढीमा अज्ञात समूहले ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार गरेका छन् । इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालक घाइते अवस्थामा छन् ।

आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । अहिले उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए । आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणकारीले पार्किङ गरी राखिएका चारवटा ट्याङ्करहरुमा पनि तोडफोड गरेका छन् । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं को ट्याङ्करहरुको अगाडिको सिसामा क्षति पुगेको छ । घटनास्थल त्रिनगर प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा पर्दछ ।

 


Thali Mobile Pvt.Ltd.