भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जिप्रका धादिङका नायव सुब्बासहित पाँच जना पक्राउ

जिप्रका धादिङका नायव सुब्बासहित पाँच जना पक्राउ

काठमाडौं । एक चिनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ ।

नायव सुब्बा कृष्ण प्रसाद थपलिया, नागरिकता दिलाउन सहयोग गर्ने धादिङ खनीयाँवास गाउँपालिका मदनबहादुर तामाङ, रामेश्वर रिमाल, तिब्बतीयन नागरिक छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक घर भएका छिरिङवाङ्दिन शेर्पासहित नेपाली नागरिकता लिने चिनियाँ तिब्बत घर भएका नागरिक सोनाम तामाङलाइ प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ ।

पक्राउ परेका कर्मचारी सुब्बा थपलिया बाहेक अरुलाई काठमाण्डौबाट पक्राउ गरेको हो ।उनीहरूले कर्मचारीलाई आर्थिक प्रलोभनमा परेर नागरिकता लिएको खुलासा भएको छ । नागरिकता लिन सोनामले चार लाख खर्चेको बताएको छ । सोही क्रममा नागरिकता दिलाउन सहयोग गर्ने सहयोगीहरूले जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण थपलियालाई पचास हजार दिएको आरोप लगाएपछि निजलाई थप अनुसन्धानका लागि प्रहरीले लगेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

नेत्रावती डब्जङ्ग गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर हर्कमान तामाङलाई नक्कली बुवा खडा गरी नागरिकता बनाएको खुलेको छ । नागरिकता लिन स्वयं जिल्ला प्रशासन कार्यालय आउनु पर्नेमा मान्छे समेत उपस्थिती नभएको पनि खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई धादिङ प्रहरीले मुद्दा दायर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.