भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

देशकै लामो झोलुंगे पुल सञ्चालनमा आउँदै, उद्घाटन आज

देशकै लामो झोलुंगे पुल सञ्चालनमा आउँदै, उद्घाटन आज

काठमाडौं । पश्चिम सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ । डेढ किलोमिटरभन्दा लामो पुलको छ। बिहीबार आज राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन् । नवलपरासी सुस्ता गाउँपालिका–५ मा बनेको सो पुलले सुस्ता र सख्खर बिनही गाउँलाई जोड्नेछ । यसबाट यी दुई गाउँमा बस्ने करिब ३५० परिवारलाई आवतजावत गर्न सजिलो हुने भएको छ ।

यसअघि नारायण नदीपारिका बासिन्दालाई आफ्नै देशमा ओहोरदोहोर गर्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो । सुस्तामा नेपालकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको सहरी विकास मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले बताए। उनका अनुसार सो पुल एक हजार ५ सय ७१ मिटर लामो पुल रहेको छ । पुल बनाउन २०७२ सालबाट निर्माण सुरु भएको हो । नौ वर्षपछि काम पूरा भएको छ ।

करिब २५ करोड रूपैयाँ खर्च भएको छ । नेपाल र इस्टइन्डियाबिच सुगौली सन्धि हुँदा पुलपारिको उक्त स्थान पनि नारायणी नदीवारि नै थियो । तर १९०२ सालमा नारायणी नदीले धार परिवर्तन गरी वारि बग्न थाल्यो । त्यसपछि पनि धार परिवर्तन गरी वारि बग्यो । त्यही कारण नारायणी नदीपारि नेपाली भूभाग रहेको छ । हाल त्यस भूभागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्कुल रहेका छन् ।

सुस्तामा पुल उद्घाटन हुनुअघि हाल सञ्चालनमा आएको सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने गरी कमला नदीमा बनेको डेढ किलोमिटर १५००.४४ मिटर लामो झोलुंगे पुल देशकै सबैभन्दा लामो झोलुंगे पुल हो । उक्त पुलको उद्घाटन २०८० फाुगन १२ गते गरिएको थियो । त्यसअघि महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने झोलुंगे पुल सबैभन्दा लामो भनेर चिनिएको थियो ।

उक्त पुलको लम्बाइ एक हजार ४ सय ५२ मिटर छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा दातृ निकायसमेतको सहयोगमा अहिलेसम्म देशभरि १० हजार ४१० वटाभन्दा बढी झोलुंगे पुल बनेका छन् । २०७५ सालमा तत्कालीन सरकारले सार्वजनिक तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गर्ने कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमबाट पहिचान भएका १४३ तुइनमध्ये अहिलेसम्म १४१ वटालाई झोलुंगे पुलले प्रतिस्थापन गरिसकेको विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.