भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साहुले हडपेको खेतको धान काटेर भित्र्याए मिटरब्याज पीडितले

साहुले हडपेको खेतको धान काटेर भित्र्याए मिटरब्याज पीडितले

सिरहा । मिटरब्याज पीडितहरूले साहुले हडपेको खेतको धान काटेर भित्र्याएका छन् । सन्हैठामा बिहीबार मिटरब्याज पीडितले साहुद्वारा हडपेको जमिनको धान काटेर भित्र्याएका हुन् ।

गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते एक लाख रुपैयाँ लिएका स्थानीय रामशरण यादवले त्यसबापत उनले चार लाखको कपाली, १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजिनामा पास गरिदिएका थिए ।

ऋणबापत ४ लाख तिरिसकें । तर, योगेन्द्रले जमिन फिर्ता गरेनन् । उनले थप दुई बिघा १० कठ्ठा ६ धुर जमिन कब्जा गरे । त्यसपछि जग्गा फिर्ताका लागि पटकपटक छलफल र आग्रह गरे पनि योगेन्द्रले नमानेको रामशरण बताउँछन् ।

मिटरब्याजसम्बन्धि आयोग र कानुन बनेपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पनि झुलाउने काम मात्रै भएपछि बिहीबार खेतको धान काटेर भित्र्याएको रामशरण बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.