भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विमानस्थलबाट १४ किलो सुनसहित दुई जना तस्कर पक्राउ

विमानस्थलबाट १४ किलो सुनसहित दुई जना तस्कर पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना तस्करलाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती विमानस्थल भन्सार कार्यालयबाट पक्राउ गरेको हो ।

विमानस्थल प्रमुख डा पाण्डे नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो । घलेसहित संलग्न गोरखाकै मिन बहादुर घलेलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

चन्द्रले छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाई छिपाई ल्याएको सात थान बिस्कुट आकारका १४ किलोग्राम सुन मिन बहादुरको भएको सोधपुछका क्रममा खुलाएको भन्सार कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.