भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बालकोटमा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण

बालकोटमा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण

भक्तपुर । सूर्यविनायक नगरपालिकाको वडा नं ३ बालकोट स्वास्थ्य चौकीमा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । आज नगर स्वास्थ्य केन्द्र बालकोटमा सम्पन्न पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिविरमा एक जना महिलामा संक्रमण पोजेटिभ देखिएको शिविरमा सहभागि चिकित्सकले बताएकी छन् ।

स्क्रिनिङ शिविरको अवसरको तेस्रो दिन १ सय ५ जनाले सेवा लिएको गाइनोलोजिस्ट डा. प्रेमा शाहले बताइन् । पाठेघरमा हुन सक्ने क्यान्सरको समयमै पहिचान गरेमा समस्या समाधान हुने र हरेक महिलाले ३० देखि ६० वर्ष उमेरमा अनिवार्य चेकजाँच गर्नुपर्ने उनको सल्लाहछ ।

महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सके मात्रै पनि धेरै रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ । महिलाका संवेदनशील अंगमध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचार गर्नुपर्ने उदेश्यकासाथ फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट

धेरै महिला यसबाट पीडित बनिरहेको अवस्थामा लाभ लिन सकुन भनेर दशै वडामा शिविर आयोजना गरिएको नगर प्रवक्ता रविन्द्र सापकोटाले बताए । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरूको जाँच र उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि नगरका सबै वडामा शिविर सञ्चालन गर्ने योजना रहेको नगर स्वास्थ्यशाखा प्रमुख बसन्त चापागाइले बताए ।

पहिलो चरणमा सूर्यविनायकमा सञ्चालन गरिएको शिविरमा एक सय पाँच जना महिलाले सेवा लिएको वडाध्यक्ष दिपेन्द्र के. सीले बताए । डा. शाहको नेतृत्वमा चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालित छ । शिविरमा जनप्रतिनिधि घनश्याम भट्टराई, जनक भण्डारी, कर्मचारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.