भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कांग्रेस उपसभापति गुरुङबाहेक पाँच जनाविरुद्ध पक्राउ पुर्जी

कांग्रेस उपसभापति गुरुङबाहेक पाँच जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा संलग्न ज्योति गुरुङसहित पाँचजनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । ठगीमा मुछिएका र संसदीय समितिले कारबाहीको सिफारिस गरेका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङविरुद्ध अनुसन्धान प्रक्रिया नै अघि नबढाएपछि नागरिक आक्रोषित बनेका छन् ।

सांसद सूर्य थापाको संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले धनराजविरुद्ध थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरीलाई निर्देशन दिएका छन् । तर, गृहमन्त्री लेखकको पार्टीका उपसभापति धनराजलाई छाडेर प्रहरीले अरूविरुद्ध मात्रै पक्राउ पुर्जी जारी गरेको छ ।

धनराजविरुद्ध अनुसन्धान गर्ने कुनै निर्देशन प्राप्त नभएको सिआइबीको भनाइ छ । घटना अध्ययन गर्न मितेरीले आन्तरिक छानबिन समितिसमेत बनाएको थियो । यसक्रममा मनोमानी ढंगले झिकिएको १२ करोड ५० लाख रुपैयाँ र त्यसको ब्याज जोडेर ज्योति र उनको समूहबाट असुल गरिनुपर्ने रकम १४ करोड ८१ लाख रुपैयाँ निर्धारण गरिएको थियो ।

घटनामा संलग्न ज्योति ०५७ मा मितेरीमा बचत संकलकमा रूपमा प्रवेश गरेकी थिइन् । ०७० मा उनी मितेरीको कोषाध्यक्ष भइन् । फरार हुनु अघिसम्म उनी मितेरीको महाप्रबन्धक पदमा कार्यरत थिइन् । सिआइबीका अनुसार ज्योतिले सम्बन्धविच्छेदपूर्व धनराजका नाममा पनि ऋण झिकेकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.