काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा संलग्न ज्योति गुरुङसहित पाँचजनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । ठगीमा मुछिएका र संसदीय समितिले कारबाहीको सिफारिस गरेका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङविरुद्ध अनुसन्धान प्रक्रिया नै अघि नबढाएपछि नागरिक आक्रोषित बनेका छन् ।
सांसद सूर्य थापाको संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले धनराजविरुद्ध थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरीलाई निर्देशन दिएका छन् । तर, गृहमन्त्री लेखकको पार्टीका उपसभापति धनराजलाई छाडेर प्रहरीले अरूविरुद्ध मात्रै पक्राउ पुर्जी जारी गरेको छ ।
धनराजविरुद्ध अनुसन्धान गर्ने कुनै निर्देशन प्राप्त नभएको सिआइबीको भनाइ छ । घटना अध्ययन गर्न मितेरीले आन्तरिक छानबिन समितिसमेत बनाएको थियो । यसक्रममा मनोमानी ढंगले झिकिएको १२ करोड ५० लाख रुपैयाँ र त्यसको ब्याज जोडेर ज्योति र उनको समूहबाट असुल गरिनुपर्ने रकम १४ करोड ८१ लाख रुपैयाँ निर्धारण गरिएको थियो ।
घटनामा संलग्न ज्योति ०५७ मा मितेरीमा बचत संकलकमा रूपमा प्रवेश गरेकी थिइन् । ०७० मा उनी मितेरीको कोषाध्यक्ष भइन् । फरार हुनु अघिसम्म उनी मितेरीको महाप्रबन्धक पदमा कार्यरत थिइन् । सिआइबीका अनुसार ज्योतिले सम्बन्धविच्छेदपूर्व धनराजका नाममा पनि ऋण झिकेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ। बुधवार साँझ भारतीय नम्बर प्लेटको...
धरान, १८ वैशाख । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडा नजिकै कोशी लोकमार्गमा ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल...
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको...
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...