भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जंगली हात्ती मृत भेटियो

जंगली हात्ती मृत भेटियो

काठमाडौं । बारामा वयस्क हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको हात्ती मृत फेला परेको हो ।

रमेश जिसीको धान खेतमा आइतबार हात्ती मृत फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए ।

हात्तीको घाँटीमा बिजुलीको तार बेरिएकोले करेन्ट लागेर हात्ती मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

करेन्ट कसले लगाएको हो भन्ने खुलेको छैन । अनुसन्धान भइरहेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख करिमले बताए ।

२०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत फेला परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.