भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

आन्तरिक पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर

आन्तरिक पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर

मुख्य बुँदा

  • जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

  • सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल दूरी

  • फूलेका बनफूल, हरियाली फाँट र शान्त वातावरणले पर्यटक आकर्षित

  • शुक्रबार, शनिबार र बिदाका दिन आन्तरिक पर्यटकको भीड

  • सडक विस्तार भइसकेको, नगरपालिकाले पूर्वाधार विकासको योजना बनाइरहेको

  • पर्यटक बढेसँगै फोहर व्यवस्थापनको चुनौती देखा, खाल्डो वा डस्टबिनको अभाव

  • स्थानीयको मत अनुसार, पर्यटकीय प्रवर्द्धनले आयआर्जन र आर्थिक स्तरमा सुधार ल्याउने सम्भावना

जुम्ला, १८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका ४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका स्थानीय बताउँछन् । यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको समाजसेवी एवं स्थानीय नेता सुरेन्द्रबहादुर महतले बताए ।

स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उनको भनाइ छ । ‘यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना नगरले बनाएको छ । सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौर आन्तरिक पर्यटकको चहलपहल बढेको छ’, उनले भने ।

घना जङगलको बीचमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर। अहिले विशेषगरि साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ। शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए ।

धिमीचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गरे। फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

‘पहिला बाउबाजेले बर्खायाममा गाईगोठका रूपमा प्रयोग गर्ने धिमीचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवर्द्धन भई स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने थियो’, उनले भने । रासस

 


Thali Mobile Pvt.Ltd.