भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदको दौडधुप

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदको दौडधुप

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधनको चरणमा छ । हाल प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल चरणमा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ का विभिन्न प्रावधानमा सांसदहरूले संशोधन प्रस्ताव हालेका छन् । मौजुदा ऐनको परिच्छेद २ मा नेपाल धितोपत्र बोर्ड (सेबोन) सम्बन्धी व्यवस्था छ । सो परिच्छेदको दफा ३ मा बोर्ड स्थापनाबारे उल्लेख छ ।

उक्त दफामा बोर्डका अध्यक्ष र सदस्य को–को हुने भनी प्रस्ताव छ । सरकारले नियुक्त गरेको व्यक्ति बोर्ड अध्यक्ष, अर्थ मन्त्रालय र कानून मन्त्रालयका सह–सचिव, राष्ट्र बैंकको प्रतिनिधि र सरकारले नै नियुक्त गरेका एकजना विज्ञ बोर्ड सदस्य रहने व्यवस्था छ । उपदफा २ ‘ङ’मा नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था ९आइक्यान० र ‘च’ मा नेपाल उद्योग वाणिज्य महासंघबाट पनि बोर्डमा प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

विधेयकमा आइक्यान र महासंघ बोर्डको सदस्यमा रहँदा बोर्डको कामकारबाहीमा स्वार्थ बाझिन सक्ने भएकाले ती संस्थाको प्रतिनिधित्व नगराउने व्यवस्था प्रस्तावित छ । तर, आइक्यान र महासंघका प्रतिनिधिलाई बोर्ड सदस्यमा समेट्न माग गर्दै विभिन्न सांसद्हरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । केही सांसदहरूले भने दुई संस्थालाई हटाएपछि त्यसको ठाउँमा अर्को ल्याउनुपर्ने भन्दै संशोधन हालेका छन् ।

उद्योग वाणिज्य महासंघ उद्योगी र व्यापारीहरूको छाता संगठन हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीका सञ्चालकहरू पनि महासंघमा आवद्ध छन् । बोर्डमा प्रतिनिधि सदस्य पठाइरहेको आइक्यानले तिनै व्यापारीका कम्पनीहरूको अडिट रिपोर्ट तयार गर्ने गर्छन् । नेप्सेमा आवद्ध भएका कम्पनीहरूले वार्षिक रूपमा लेखापरीक्षक नियुक्त गर्नुपर्ने हुन्छ ।

त्यसरी नियुक्त भएका लेखापरीक्षकहरू आइक्यानका पनि सदस्य हुन्छन् । सेबोन नियामक निकाय हो । यस्ता संस्थाका प्रतिनिधि बोर्डमा सदस्य हुँदा स्वार्थ बाझिने भएकाले शुरू विधेयकमै त्यस्तो सदस्यता हटाउनेगरी प्रस्ताव गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.