धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदको दौडधुप

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदको दौडधुप image

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधनको चरणमा छ । हाल प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल चरणमा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ का विभिन्न प्रावधानमा सांसदहरूले संशोधन प्रस्ताव हालेका छन् । मौजुदा ऐनको परिच्छेद २ मा नेपाल धितोपत्र बोर्ड (सेबोन) सम्बन्धी व्यवस्था छ । सो परिच्छेदको दफा ३ मा बोर्ड स्थापनाबारे उल्लेख छ ।

उक्त दफामा बोर्डका अध्यक्ष र सदस्य को–को हुने भनी प्रस्ताव छ । सरकारले नियुक्त गरेको व्यक्ति बोर्ड अध्यक्ष, अर्थ मन्त्रालय र कानून मन्त्रालयका सह–सचिव, राष्ट्र बैंकको प्रतिनिधि र सरकारले नै नियुक्त गरेका एकजना विज्ञ बोर्ड सदस्य रहने व्यवस्था छ । उपदफा २ ‘ङ’मा नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था ९आइक्यान० र ‘च’ मा नेपाल उद्योग वाणिज्य महासंघबाट पनि बोर्डमा प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

विधेयकमा आइक्यान र महासंघ बोर्डको सदस्यमा रहँदा बोर्डको कामकारबाहीमा स्वार्थ बाझिन सक्ने भएकाले ती संस्थाको प्रतिनिधित्व नगराउने व्यवस्था प्रस्तावित छ । तर, आइक्यान र महासंघका प्रतिनिधिलाई बोर्ड सदस्यमा समेट्न माग गर्दै विभिन्न सांसद्हरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । केही सांसदहरूले भने दुई संस्थालाई हटाएपछि त्यसको ठाउँमा अर्को ल्याउनुपर्ने भन्दै संशोधन हालेका छन् ।

उद्योग वाणिज्य महासंघ उद्योगी र व्यापारीहरूको छाता संगठन हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीका सञ्चालकहरू पनि महासंघमा आवद्ध छन् । बोर्डमा प्रतिनिधि सदस्य पठाइरहेको आइक्यानले तिनै व्यापारीका कम्पनीहरूको अडिट रिपोर्ट तयार गर्ने गर्छन् । नेप्सेमा आवद्ध भएका कम्पनीहरूले वार्षिक रूपमा लेखापरीक्षक नियुक्त गर्नुपर्ने हुन्छ ।

त्यसरी नियुक्त भएका लेखापरीक्षकहरू आइक्यानका पनि सदस्य हुन्छन् । सेबोन नियामक निकाय हो । यस्ता संस्थाका प्रतिनिधि बोर्डमा सदस्य हुँदा स्वार्थ बाझिने भएकाले शुरू विधेयकमै त्यस्तो सदस्यता हटाउनेगरी प्रस्ताव गरिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट image

    आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट

    खोटाङ । खोटाङमा भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीबाट होटल तथा कार्यालय...

  • शुक्रबार सुनको मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम image

    शुक्रबार सुनको मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम

    काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...

  • प्राविधिक ज्ञानको कमीले दुर्घटना भयो image

    प्राविधिक ज्ञानको कमीले दुर्घटना भयो

    काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...

  • पाथीभरामा यस वर्षको तेस्रो हिमपात image

    पाथीभरामा यस वर्षको तेस्रो हिमपात

    ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र...


hotelghyampedanda