भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा अघि ट्रम्प अदालती झमेलामा

अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा अघि ट्रम्प अदालती झमेलामा

एजेन्सी । डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ। अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि उनले फेरी अदालति झमेला भोग्नु पर्ने भएको हो । ट्रम्पले आफूविरुद्धको उक्त मुद्दा खारेज गर्न आफ्नो चुनावी जितलाई प्रयोग गर्ने प्रयास गरेका थिए।

गत वर्षको मे महिनामा ट्रम्प एक पोर्न स्टार स्टोर्मी ड्यानियललाई चुप लाग्न पैसा दिएको अर्थात् हश मनीको मुद्दामा दोषी ठहर भएका थिए। तर उनीविरुद्धको सजाय भने सुनाइएको थिएन। ट्रम्पले आगामी २० जनवरीमा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन्। न्यूयोर्कको एक अदालतले ट्रम्पविरुद्ध ‘हश मनि’ मामिला अर्थात् आफूविरुद्ध नबोल्न पैसा दिएको एक मुद्दामा सजाय सुनाउने भएको हो।

१० जनवरीमा यो फैसला आउने छ। राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून छ। न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ।

 


Thali Mobile Pvt.Ltd.