भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा अघि ट्रम्प अदालती झमेलामा

अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा अघि ट्रम्प अदालती झमेलामा

एजेन्सी । डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ। अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि उनले फेरी अदालति झमेला भोग्नु पर्ने भएको हो । ट्रम्पले आफूविरुद्धको उक्त मुद्दा खारेज गर्न आफ्नो चुनावी जितलाई प्रयोग गर्ने प्रयास गरेका थिए।

गत वर्षको मे महिनामा ट्रम्प एक पोर्न स्टार स्टोर्मी ड्यानियललाई चुप लाग्न पैसा दिएको अर्थात् हश मनीको मुद्दामा दोषी ठहर भएका थिए। तर उनीविरुद्धको सजाय भने सुनाइएको थिएन। ट्रम्पले आगामी २० जनवरीमा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन्। न्यूयोर्कको एक अदालतले ट्रम्पविरुद्ध ‘हश मनि’ मामिला अर्थात् आफूविरुद्ध नबोल्न पैसा दिएको एक मुद्दामा सजाय सुनाउने भएको हो।

१० जनवरीमा यो फैसला आउने छ। राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून छ। न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ।

 


Thali Mobile Pvt.Ltd.