भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालय भक्तपुरको आग्रह

वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालय भक्तपुरको आग्रह

काठमाण्डौ । आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि सडक बन्द गरिएको हो । चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न सडक डिभिजन कार्यालय भक्तपुरले आग्रह गरेको छ ।

दोलालघाट पाँचखाल हुँदै काठमाण्डौतर्फ गुड्ने गाडीले जिरोकिलो–कुन्ताबेँसी नगरकोट सडक प्रयोग गर्न सक्छन् । धुलिखेल–खावा खण्ड प्रयोग गर्ने गाडीलाई सडक बन्द भएको अविधिका लागि धुलिखेल र पाँचखालमा रोकिनेछ।

सडक बन्द भएको बेलामा काठमाण्डौ–बनेपा हुँदै पाँचखालतर्फ जाने गाडीले होराइजन होटलबाट आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न सक्छन् । साना गाडीका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटो पनि उपयुत्त हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.