काठमाण्डौ । आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि सडक बन्द गरिएको हो । चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न सडक डिभिजन कार्यालय भक्तपुरले आग्रह गरेको छ ।
दोलालघाट पाँचखाल हुँदै काठमाण्डौतर्फ गुड्ने गाडीले जिरोकिलो–कुन्ताबेँसी नगरकोट सडक प्रयोग गर्न सक्छन् । धुलिखेल–खावा खण्ड प्रयोग गर्ने गाडीलाई सडक बन्द भएको अविधिका लागि धुलिखेल र पाँचखालमा रोकिनेछ।
सडक बन्द भएको बेलामा काठमाण्डौ–बनेपा हुँदै पाँचखालतर्फ जाने गाडीले होराइजन होटलबाट आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न सक्छन् । साना गाडीका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटो पनि उपयुत्त हुन्छ ।
