भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

पुण्य गौतमलाई रड हान्ने प्रसाईँका दुई कार्यकर्ता पक्राउ

पुण्य गौतमलाई रड हान्ने प्रसाईँका दुई कार्यकर्ता पक्राउ

काठमाडौं । सामाजिक अभियन्ता पुण्यराज गौतमलाई रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यही २१ गते राति सवा ९ बजेतिर आफ्नो जोरपाटीस्थित घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको थियो ।

काठमाडौं प्रहरी र बौद्ध प्रहरी वृत्तको संयुक्त टोलीले भोलिपल्टै काभ्रे घर भई भक्तपुर च्यामासिंह बस्दै आएका ३० वर्षमा टासी लामा भनिने सञ्जीव लामालाई पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धानको क्रममा घटनाको मुख्य योजनाकार रसुवा नवकुण्ड गाउँपालिका–५ घर भई गोकर्णेश्वर बस्दै आएका ४१ वर्षीय

मिलन भन्ने दिलबहादुर गङदानलाई हिजो पक्राउ गरिएको हो । गंगाहिटीबाट पक्राउ परेका दिलबहादुर दुर्गा प्रसाईँको ‘नागरिक बचाउ महाअभियान’ अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरूको साथबाट १ थान रड र ३ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.