एमाले केन्द्रीय कार्यालय कीर्तिपुर सारिदै, तीनधारा क्षेत्रमा भोलि शिलान्यास

एमाले केन्द्रीय कार्यालय कीर्तिपुर सारिदै, तीनधारा क्षेत्रमा भोलि शिलान्यास

काठमाडौं । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेर क्षति पुगेपछि एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने भएको छ ।

केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित कलङ्की तीनधारा क्षेत्रको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको हो ।

नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ः२५ मिनेटमा अध्यक्ष केपी शर्मा ओलीले गर्ने उपमहासचिव प्रदीय ज्ञवालीले बताए ।

यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो ।

 


Thali Mobile Pvt.Ltd.