भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

धनुषामा बस र अटो ठोक्किँदा ४ जनाको मृत्यु, २ बालबालिका घाइते

धनुषामा बस र अटो ठोक्किँदा ४ जनाको मृत्यु, २ बालबालिका घाइते

काठमाण्डौ । धनुषा र रुकुम पूर्वमा भएका छुट्टाछुट्टै अटो दुर्घटनामा ६ जनाको ज्यान गएको र ७ जना घाइते भएका छन्। धनुषामा बस र अटो ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुई बालबालिका घाइते छन्। मृत्यु हुनेहरूमा ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, उनका भाइ ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र ४० वर्षीय अटो चालक डम्बर राई रहेका छन्।

घाइते १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामको न्युरो अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्यावालमा अटो दुर्घटनामा ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरू -प्रतिक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, ब्युटी पुन, दुई वर्षकी समृद्धी बुढा र तीन वर्षका सक्षम घर्तीको जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.