भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान

काठमाण्डौ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ।

नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आज एक सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम सेवा प्रदायक छनोट गर्नका लागि बोलपत्र आह्वान गरेको हो।

बोलपत्र बुझाउने अन्तिम मिति पुस २ गते (डिसेम्बर १७) तोकिएको छ। आयोजनाका अनुसार सुरुङमार्ग निर्माण सकिए पनि दक्ष जनशक्ति र सुरक्षाको व्यवस्थापन नहुँदा अझै सञ्चालनमा आउन सकेको छैन। यसअघि सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर दर तय गरिसकेको छ।

कार तथा भ्यान: काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ। मिनिबस तथा मिनिट्रक: प्रवेश गर्दा ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ। बस तथा ट्रक: प्रवेश गर्दा २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ।

ठूला उपकरण बोकेका गाडी: प्रवेश गर्दा ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाण्डौ–धादिङ खण्डको यातायात सहज हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.