किसानको बारीबाट थालिमा पस्किने, खानामा डायमण्ड हिलको प्रसिद्धि

किसानको बारीबाट थालिमा पस्किने, खानामा डायमण्ड हिलको प्रसिद्धि

काभ्रे । काभ्रेको पनौती चामखरस्थित डायमण्ड हिल रिसोर्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिएको छ । आलुका लागि प्रसिद्ध पनौती क्षेत्रमा रहेको रिसोर्टले स्थानीय किसानले उत्पादन गरेको तरकारी लागायत विभिन्न उत्पादनहरुलाई खानका परिकार बनाउन प्राथमिकता दिएको हो । पनौती नगरपालिकाको कुशादेवी क्षेत्र कृषिका लागि उर्वर क्षेत्र भएकाले तरकारी किन्न बजार जान नपर्ने पर्यटन व्यवसायी, समाजसेवी, डायमण्ड हिल रिसोर्टका (CEO)  तथा सञ्चालक राजन थापाले जानकारी दिनुभयो ।किसानको बारीबाट थालिमा पस्किने, खानामा डायमण्ड हिलको प्रसिद्धि

उहाँले स्थानीय किसानले उत्पादन गरेका उत्पादनहरु आफ्नो रिसोर्टले किन्ने गरेकाले पनि यहाँ आउने पर्यटकहरुलाई अर्गानिक खानाको स्वाद दिन सकेको बताउँनुभयो । पर्यटहरुलाई स्थानीय किसानको बारीबाटै तरकारी लगायत दुधजन्य पदार्थ समेत रिसोर्टले खरीद गरी बारीबाट सिधै थालीमा पुर्‍याउने भएकाले पनि आफ्नो रिसोर्टले सबैको मन जित्न सफल भएको थापाले बताउनुभयो ।किसानको बारीबाट थालिमा पस्किने, खानामा डायमण्ड हिलको प्रसिद्धि
स्थानीय किसानहरुको बारीमा फलेको मूला, काउली, टमाटर, फलफुल तथा दुधलगायत सिधै डायमण्ड हिल रिसोर्टमा जाने गरेको छ । किसानले उत्पादन गरेको तरकारी,फलफुल दुधजन्य पदार्थ पनौती क्षेत्रकै प्रसिद्ध र सबैको रोेजाइमा पर्न सफल डायमण्ड हिल रिसोर्टले खरिद गर्दा आफूहरुलाई खुशी लागेको स्थानीय किसानको भनाई छ ।किसानको बारीबाट थालिमा पस्किने, खानामा डायमण्ड हिलको प्रसिद्धि

यहाँ डायमण्ड हिल रिसोर्ट सञ्चालनमा आएपछि आफूहरुलाई तरकारी, फलफुल लगायतका कृषि उत्पादनहरु अन्त विक्रि वितरण गन जानु नपरेको स्थानीयले बताए । रिसोर्ट र स्थानीयको सुमधुर सम्बन्धले गर्दा वृक्षारोपण, बोटो निर्माण लगायतका विकास निर्माणका कार्यमा स्थानीयको व्यापक सहभागिता र श्रमदान समेत हुने गरेको छ ।किसानको बारीबाट थालिमा पस्किने, खानामा डायमण्ड हिलको प्रसिद्धि

 


Thali Mobile Pvt.Ltd.