भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मेलम्चीको बाढी प्रभावित ८५ प्रतिशत घरधुरीमा समस्या, प्रति घरधुरी ७० लाख बराबरको आर्थिक क्षति

मेलम्चीको बाढी प्रभावित ८५ प्रतिशत घरधुरीमा समस्या, प्रति घरधुरी ७० लाख बराबरको आर्थिक क्षति

काठमाडौं । मेलम्ची बाढीमा भएको क्षतिबारे तथ्यांक सार्वजनिक भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलामा साढे दुई वर्षअघि आएको बाढी र पहिरोले प्रति घरधुरी सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको हो । बाढीले प्रत्यक्ष हानी नोक्सानी भन्दा बढी गैर आर्थिक हानी नोक्सानी गरेको अध्ययनले देखाएको छ ।

गैर आर्थिक हानी नोक्सानी तथ्यांक यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अध्ययनले देखाएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार क्षति भएका घर, जमिन, खेतीबाली, ब्यापार र स्थानीय पीडितले लिएको बैंक ऋण समेतको हिसाब गर्दा मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकामा प्रति धरधुरी ७० लाख रुपैयाँ बराबरको क्षति भएको तथ्यांक आएको हो ।

मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिव ७० लाख बराबरको आर्थिक हानी नोक्सानी भएको देखाएको अनुसन्धानले देखाएको हो ।

 


Thali Mobile Pvt.Ltd.