भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढीमा परी कम्तीमा ५५ जनाको मृत्यु

बाढीमा परी कम्तीमा ५५ जनाको मृत्यु

एजेन्सी । वर्षापछिको बाढीमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ। ब्राजिलमा अत्यधिक वर्षाका कारण ५५ जनाको मृत्यु भएको हो । घटनामा ७४ जना बेपत्ता छन्।
बेन्टो गोन्काल्भेसमा रहेको एउटा बाँध नजिक पहिरो जाँदा ३० जनाको मृत्यु भएको र बाँध टुट्ने जोखिममा रहेको एजेन्सीहरुले जनाएका छन् ।

यो बाँध टुटे हजारौँ मानिस जोखिममा पर्नेछन्। शनिबारदेखि भइरहेको भारी वर्षापछि २५ हजारभन्दा बढी मानिस विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। अझै केही दिन वर्षा हुने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ।

अत्यधिक वर्षापछिको बाढीका कारण ५ लाखभन्दा बढी मानिसले सफा पानी र बिजुली कटौतीको सामना गर्नुपरेको बताइएको छ। बाढीबाट देशभरका करिब २५० सहर प्रभावित भएको र कयौँ सडक तथा पुल भत्किएको बीबीसीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.