भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

इन्धन मूल्य समायोजन: डिजेल-मट्टितेल घट्यो, हवाई इन्धन झन् बढ्यो

इन्धन मूल्य समायोजन: डिजेल-मट्टितेल घट्यो, हवाई इन्धन झन् बढ्यो

काठमाडौँ, १५ मंसिर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार डिजेल/मट्टितेल प्रतिलिटर १ रुपैयाँले सस्तो भएकाे छन् । निगम सञ्चालक समितिको निर्णयअनुसार मूल्य समायोजन आजदेखि लागू भएको हो ।

निगमका अनुसार नयाँ समायोजनपछि पहिलो वर्गका डिपोहरूमा प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ र तेस्रो वर्गमा १४६ रुपैयाँ कायम गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ, जबकि तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल परेका छन् ।

यसैबीच, निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिक उडानतर्फ हवाई इन्धन प्रतिलिटर १३४ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा हवाई इन्धनको दर प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले वृद्धि भई १,०१५ डलर पुगेको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा डिजेल/मट्टितेलमा १ रुपैयाँ ४४ पैसा कमी र हवाई इन्धनमा ५ रुपैयाँ ६२ पैसा वृद्धि भएपछि खुद्रा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.