भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सुदन गुरुङको आरोप : ‘एमालेले पोखरामा जेनजी कार्यक्रम बिथोल्न खोज्यो’

सुदन गुरुङको आरोप : ‘एमालेले पोखरामा जेनजी कार्यक्रम बिथोल्न खोज्यो’

काठमाडौँ, १५ मंसिर । द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले नेकपा एमालेले पोखरामा आयोजना हुन लागेको जेनजीको कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू पोखरा जाने जानकारीपछि केही समूहसहित एमाले कार्यकर्ता कार्यक्रम अवरुद्ध गर्न सक्रिय रहेको दाबी गरे ।

गुरुङका अनुसार जेनजी भाइ–बहिनीहरूको संगठन मजबुत बनाउन तथा पोखराका देशप्रेमी आमाबुबा र दाजुभाइ–दिदीबहिनीलाई भेट्न उनी टोलीसहित पोखरा निस्किएका थिए । तर, आफ्नो आगमनको सूचना पाएपछि कार्यक्रममा व्यवधान पुर्‍याउने प्रयास बढेको उल्लेख गरेका छन् ।

‘हामी आउँदैछौँ भन्ने थाहा पाएपछि केही समूह र एमाले कार्यक्रम बिथोल्ने अथक प्रयास गरिरहेको खबर पाएँ,’ उनले लेखेका छन् । यद्यपि, उनले यस्तो गतिविधिले आफ्नो मिशन र अभियान नरोकिने चेतावनी पनि दिए ।उनले भने, ‘हिजो देशका लागि लडेर आएका हौं, आज अरूसँग सामना गर्न डराउने प्रश्नै छैन ।’ 

 

 

 


Thali Mobile Pvt.Ltd.