भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

फेसबुकमा सुसाइड नोट लेखेका डा. श्रेष्ठ सकुशल फेला, कर्मचारीबीचको द्वन्द्व नै सरुवाको कारण

फेसबुकमा सुसाइड नोट लेखेका डा. श्रेष्ठ सकुशल फेला, कर्मचारीबीचको द्वन्द्व नै सरुवाको कारण

काठमाडौं, २ असार । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला पारेको छ। उनी केही दिनअघि मात्रै रामेछाप अस्पतालबाट सरुवा भएका थिए।

सरुवा भएपछि फेसबुकमा आत्महत्या संकेतपूर्ण स्टाटस लेख्दै सम्पर्कविहीन बनेका डा. श्रेष्ठको खोजी बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा तथा मन्त्रालयकाे पहलकदमका कारण प्रहरीले प्राथमिकताका साथ खाेजी गर्दा सकुशल नियन्त्रणमा लिएकाे हाे । 

प्रहरीले फेला पार्दा डा. श्रेष्ठले “मर्न आएको थिएँ” भनेर प्रतिक्रिया दिएका थिए। प्रहरी स्रोतका अनुसार, उनी डोरी खोजिरहेका बेला फेला परेका थिए। तत्काल उनलाई नियन्त्रणमा लिइएर मानसिक अवस्था मूल्याङ्कन गर्न अस्पताल पुर्‍याइएको छ।

सरुवाको कारण कर्मचारीबीचको द्वन्द्व

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा महाशाखा प्रमुख डा. खगेश्वर गेलालका अनुसार, डा. श्रेष्ठको सरुवा उनको कार्यक्षमता कमजोर भएर नभई अस्पतालभित्रको आन्तरिक तनावलाई व्यवस्थापन गर्न गरिएको थियो । उनका अनुसार अस्पतालका केही डाक्टरहरूले नै मन्त्रालयमा लिखित रूपमा उजुरी दिएका थिए भने रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरूले समेत डेलिगेसनसहित मन्त्रालयमा उपस्थित भएर समस्या समाधानको माग गरेका थिए।

“डा. श्रेष्ठको कार्यक्षमता राम्रो नै थियो। तर अस्पतालमा डाक्टर र अन्य स्टाफबीचको वेमेल, कतिपयलाई आवास छोड्न बाध्य बनाउनेजस्ता व्यवहारका कारण स्थिति जटिल बन्दै गएकाले असमझदारी चर्किनु अघि सरुवा गरिएको हो।” प्रवक्ता डा. गेलाले भने । 

नगर प्रमुखको भनाइ : महिला डाक्टरहरूकाे डेलिगेशन 

रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेले अस्पतालका महिला चिकित्सकहरू आफू कहाँ डेलिगेसनसहित पुगेको र उनीहरूले मन्त्रालयसम्म गुनासो पुर्‍याएको बताए। मेयर न्यौपाने भन्छन्: “हामीले मन्त्रालयलाई अवगत गराइसकेका थियौं। महिला डाक्टर, नर्सहरू सबै आएर क्वाटरबाट राति निकालिएको कुरा भनेका थिए। मन्त्रालयले के गर्ने भन्ने सोध्दा मैले ‘तपाईंहरूकै अधिकार हो’ भनेको हुँ।”

प्रमुख जिल्ला अधिकारी अनविज्ञ

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम थापाले आफू जिल्लामा आएको ४० दिन मात्र भएको र अस्पतालको विवादबारे पहिलेदेखि जानकारी नभएको बताए।“आज बिहान डाक्टरको फेसबुक स्टाटस देखेपछि मात्रै घटनाबारे थाहा भयो,” उनले प्रतिक्रिया दिए।

मन्त्रालयमा परेका उजुरीहरू 

 


Thali Mobile Pvt.Ltd.