भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको आग्रह

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको आग्रह

काठमाण्डौ । देशभरको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकोले दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौलगायत नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि बढेको वायु प्रदूषण पानी पर्दा समेत घटेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा मौसम धुम्मिएको छ । पानी परे पनि आकाश खुल्न सकेको छैन । वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअर इन्डेक्समा पनि काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये तेस्रोमा परेको छ ।

उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौमा बिहान नौ बजे एक्यूआई सूचकांक एक सय ८२ रहेको छ । पहिलोमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको सूचकांक दुई सय चार छ ।

त्यस्तै दोस्रोमा पाकिस्तानको लाहोर रहेको छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् । वातावरण विभागका अधिकारीहरूका अनुसार ठूलो वर्षा नभइ वा ठूलो हुरी नचलेसम्म वायु प्रदुषण कम हुने देखिएको छैन ।

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । बेलुकातिर काठमाण्डौ उपत्यका लगायत आसपासका क्षेत्रमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्गोले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.