भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा क्याम्पसमा चुनाव अनिश्चित

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा क्याम्पसमा चुनाव अनिश्चित

काठमाण्डौ । १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा क्याम्पसमा चुनाव अनिश्चित भएको हो ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको दाबी विरोध, १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजे उम्मेदवारको दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । दिउँसो २ बजेदेखि पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचार गर्न पाइनेछ । त्यसपछि मौन अवधि शुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन नसकेको हो । अरु क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.