भर्खरै : Sorry, your browser does not support inline SVG.

खोलामिचेर सरकारी जग्गामा बनाइएका भवनहरुमा डोजर चल्यो

खोलामिचेर सरकारी जग्गामा बनाइएका भवनहरुमा डोजर चल्यो

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा मिचेर बनाइएका भवनहरु उपत्यका विकास प्राधिकरणले भत्काउन थालेको छ ।

पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको वडा अध्यक्ष विमल होडाले बताए । सो लगत्तै डोजरले संरचना भत्काउन थालेको छ ।

चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर अवरोध पनि भएको थियो । ती संरचनामा अवस्थित विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका थिए ।

मापदण्ड विपरीतका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.