भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपाबाट यस वर्ष संस्कृतिविद् कायस्थ सम्मानीत हुने

सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपाबाट यस वर्ष संस्कृतिविद् कायस्थ सम्मानीत हुने

भक्तपुर । संस्कृतिविद् तिलक प्रकाश कायस्थ सम्मान गरिने भएको छ । भक्तपुरका वरिष्ठ लेखक, संस्कृतिविद् कायस्थलाई यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपाबाट सम्मान गरिने भएको हो ।

सम्मानित हुने कायस्थ प्रजातान्त्रिक आन्दोलनका अथक योद्वा हुन् । सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार नेपालभाषा मंका खल यलःद्वारा सो पुरस्कारको स्थापना गरिएको थियो । आमा ज्ञानेश्वरीको कोखबाट विं.सं. १९९२ साल पुसमा भक्तपुरको खौमा टोलमा जन्मिएका उनका धेरै कृतिहरु सार्वजनि भएका छन् ।

विगत लामो समयदेखि नेपालभाषा साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यसेवी कायस्थलाई सम्मान गर्ने औपचारिक घोषणा सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार समितिको बैठकले गरेकोहो । समितिको बिहीबार बसेको बैठकले तिलक प्रकाशलाई उक्त सम्मानका साथ पुरस्कार रकम रु.५१,००० प्रदान गरिनेछ ।

वि.सं २०३५ मा योमरी (धापु मुना), वि.सं २०५५ मा धनमाया (लघुखण्ड काव्य), वि।सं। २०५५ मा यौनज्ञान मनोविज्ञान, वि।सं। २०६२ मा नुगः जः (निबन्ध मुना), वि.सं २०६३ मा ख्वबि झसुकाः (शोककाव्य), वि.सं. २०६८ मा वयागु हाथ्या (कथा संग्रह), वि.सं. २०३६ सालको परिवार नियोजक के, किन कसरी ?, वि.सं. २०३७ सालमा यौनज्ञान मनोविज्ञान, २०५८ सालमा शारदा (शोककाव्य), २०६३ सालमा लक्ष्मण रेखा (निबन्ध संग्रह), २०६९ सालको उत्सर्ग (कविता मुना), कमला (२०७२), वीर ग्रन्थ लगायतका कृतिहरु छन् ।

यसबाहेक उनले नेवाः संस्कृति संस्कार (२०६७) को सम्पादन, थौंकन्हे (लय्‌पौ) को सम्पादन गरेका छन् । यो अवार्ड आगामी जनवरी ३० अर्थात् माघ १७ गते हुने नेपालभाषा मंका खल यलःको वार्षिक साधारण सभामा प्रदान गरिने छ ।

 


Thali Mobile Pvt.Ltd.