भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डलर देखाई ठगी गर्ने पक्राउ

डलर देखाई ठगी गर्ने पक्राउ

भक्तपुर । भक्तपुरको मुहानपोखरीमा डलर देखाई कागजको खोस्टो दिने पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ४ बस्ने अमृत कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामालाई मंसिर २१ गते सिन्धुपाल्चोक बाह्रबिसेबाट पक्राऊ गरी ठगी मुद्दामा पक्राउ गरी म्याद थप भएकोमा पुष १७ गते भक्तपुर जिल्ला अदालतबाट रु पाँच लाख धरौटी तिर्न नसकी नख्खु कारागार काठमाण्डौ चलान भएको भक्तपुर प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा फरार रहेको सिन्धुपालचोक बाह्रबिसे नगरपालिका वडा नं.४ घर भई हाल बुढानिलकण्ठ नगापालिका वडा नं ५ टुसाल बस्ने वर्ष २६ को दिल कुमार लामालाई माघ २८ गते सात बजेकोको समयमा काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं ५ बिष्णुमती, टुसालबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ । निजलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं ९ घर भई हाल काठमाण्डौ टेकु बस्ने वर्ष ३२ को गिरीराज लिम्बुलाई कार्तिक १२ गते फोन सम्पर्क गरी रु ४०,०००। (चालीस हजार) डलर छ साट्नको लागी हामीलाई रु९,००,०००। (नौ लाख) लगानी गर्नु उक्त डलर साटेपछि बराबर भाग लगाउँला भन्दै प्रलोभनमा पारी कार्तिक २३ गते भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ७ मुहानेपोखरीमा बोलाई रुमालको पोको दिई रु ९,००,०००। (नौ लाख) लगि गएकोमा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएकोमा डलर देखाई ठगी गर्ने कार्यमा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.