भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

मध्यपुरथिमिमा वडा लिग फुटवल प्रतियोगिता सुरु,उद्घाटन खेलमा वडा नं ९ विजयी

मध्यपुरथिमिमा वडा लिग फुटवल प्रतियोगिता सुरु,उद्घाटन खेलमा वडा नं ९ विजयी

भक्तपुर । मध्यपुरथिमिमा वडा लिग फुटवल प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा वडा नं. ४ लाई शुन्यका विरुद्ध १ गोल गरी वडा नं ९ विजयी भएको छ । बराबरीमा खेलका दुवै टिमले अन्तिम समयमा वडा नं ९ को जर्सी नं ५ का विज्ञान राजबाहकले एक गोल गर्दै टिमलाई विजयी बनाएका हुन । राजबाहकको गोल नै निर्णायक गोल बन्न पुग्यो । प्रतियोगितामा वडा नं ९ कै राजबाहक म्यान अफ दी म्याच घोषित भएका छन् । खेलसके लगतै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठबाट टफी प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुईवटा खेलहरु हुने छन् । पहिलो खेलमा वडा नं १ र ३ वीच र दोश्रो खेल वडा नं १ र २ बीच हुने आयोजकले जनाइएको छ । फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले गर्नु भएको हो । मध्यपुर थिमि नगरपालिकाभित्र रहेका नौ वटा वडाहरुले सहभागिता जनाएको प्रतियोगिता राउण्ड रोविनको आधारमा खेल संचालन भइरहेको युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले बताउनु भयो ।

प्रतियोगितामा प्रतिस्पर्धी सबै टिमले आठ खेल अनिवार्य खेल्नुपर्ने प्रतियोगिताका संयोजक अष्ट कवेंले जानकारी दिनु भयो । प्रतियोगितामा ३६ वटा म्याच रहने छन् । प्रथम हुने टिमले दुई लाख ५० हजार, दोश्रोले एक लाख २५ हजार र तेश्रो हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्ने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद रु १० दस हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार, अनुशाशित टिमलाई रु २५ हजार प्रदान गरिने छ । प्रतियोगिताका लागि मध्यपुरथिमी नगरपालिकाबाट रु २५ लाख प्रदान गरिएको छ । पहिलो पटक २०७९ मा पनि यस्तै प्रतियोगिता भएको थियो । त्यो बेला नगरपालिकाले २० लाख रुपयाँ राशीको प्रतियोगिता गराएको थियो । यो वर्ष प्रतियोगिताका लागि कुल २८ लाख २४ हजार रुपयाँ खर्च हुने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.