भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

डोल्पाको काइगाउँ सेताम्य, भारी हिमपातले जनजीवन ठप्प

डोल्पाको काइगाउँ सेताम्य, भारी हिमपातले जनजीवन ठप्प

मुख्यबुँदा

डोल्पाको काइगाउँमा शुक्रबारदेखि लगातार भारी हिमपात

यातायातका साधन पूर्ण रूपमा ठप्प

बाहिर आवतजावत गर्न कठिनाइ

अत्यधिक चिसो बढ्दा स्थानीय जनजीवन प्रभावित

स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य

डोल्पा, १० माघ । डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधनहरू ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। अत्यधिक चिसो बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।

हिमपातका कारण सडकमा हिउँ जम्दा सवारी साधन सञ्चालनमा समस्या आएको छ भने बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू बढी प्रभावित भएका छन्। चिसोबाट जोगिन स्थानीयवासी आगो तापेर र घरभित्रै सीमित भएर बस्नुपरेको छ।

 


Thali Mobile Pvt.Ltd.