भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा, सजकता अपनाउन आग्रह

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा, सजकता अपनाउन आग्रह

काठमाण्डौ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १ सय ८६ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ । देशका विभिन्न ठाउँमा अहिले मध्यमदेखि ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको हो ।मोरङको हरैचा, सिन्धुपाल्चोकको बाहुनेपाटी, चितवनको शक्तिखोर, उदयपुरको मुर्कुची बजार, सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, म्याग्दीको मुनालगायतका जल मापन केन्द्रमा पनि ठूलो वर्षाको मापन गरिएको छ ।

कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । नदी तटिए क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सजतकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.