काठमाडौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले सरकारसँग सहुलितमा लिएको ६५ करोड ऋण चुक्ता गर्न नसकेको अवस्थामा अर्थ मन्त्रालयले थप ६० करोड ऋणको भारी बोकाएको छ । निरन्तर घाटामा रहेको डिडिसीले किसानलाई भुक्तानीसमेत गरेको छैन ।
किसानको बक्यौता रकम भुक्तानी गर्ने नाममा डिडिसीले पटक पटक गरी एक अर्ब २५ करोड रुपियाँ लिइसकेको छ तर किसानलाई अझै भुक्तानी दिएको छैन । दुध किसानको बक्यौता रकम तत्काल भुक्तानीका लागि पहल गर्दै आइरहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताए ।
सरकारसँग ऋण लिएर भए पनि दसैँभित्र किसानलाई भुक्तानी दिलाउने प्रतिबद्धताका साथ पहल गरेका कारण यो ऋण दिने मन्त्रीपरिषद्बाट निर्णय भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । किसानबाट उधारोमा दुध लिने र नगदमा बेच्दा पनि भुक्तानीमा किन समस्या भइरहेको भनी डिडिसीलगायत अन्य डेरी उद्योगीसँग पटक पटक कृषिमन्त्री अधिकारीले प्रश्न गरे ।
उधारोमा दुध लिएर त्यसबाट नौनीलगायत अन्य दुग्धजन्य पदार्थ बिक्रीवितरण गरेर समेत रकम निकाल्ने गरेका छन् तैपनि डेरी घाटामा देखाई किसानलाई भुक्तानी गर्न नसकेको गुनासो गर्दै मन्त्री अधिकारीले किसानको रकम समयमा उपलब्ध गराउन डेरी उद्योगीलाई पटक पटक दबाब दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । देशभरका शिक्षकहरू आन्दोलनरत रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू विद्यालय छाडेर राजधानी केन्द्रित आन्दोलनमा रहे...
काठमाडौँ । सरकारले सुपारी आयातमा लागू रहेको कोटा हटाएपछि देशमा सुपारी आयात ह्वात्तै बढेको छ। भन्सार विभागका अनुसार २०८१ र ८२ को नौ महिनामा ५८ करोड ८३ लाख रुपैयाँभन्दा...
भक्तपुर । नेपालको प्राचीन धार्मिक र सांस्कृतिक सम्पदाले सजिएको रत्नचूड पर्वत (नगरकोट) को काखमा अवस्थित कलमसीमा १०८ फिट अग्लो भगवान महादेवको भव्य मूर्ति निर्माणका लागि शिव पुराण ज्ञान महायज्ञको...
इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू...