भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दसैँ नजिकिएसंगै बढ्न थाल्यो खसीबोकाको व्यापार

दसैँ नजिकिएसंगै बढ्न थाल्यो खसीबोकाको व्यापार image
xf6 ahf/df v;L af]sfsf] Jofkf/ xf]nL kj{nfO{ nlIft u/]/ ;'g;/L ;b/d'sfd Og?jfdf cfh nfu]sf] laxLaf/] xf6 ahf/df v:;L af]sf laqmL ub}{ :yfgLo / vl/b ub}{ Jofkf/L . xf]nL kj{ glhlsP;+u} v;L,af]sfsf] d'No j[l4 ePsf] 5 . t:jL/ M clhts'df/ emf ÷ /f;;

काठमाडौं । चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच पनि बढ्न थालेको छ । दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् ।

यता धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएको बताए । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्’ , लिम्बूले भने, ‘खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु।’

लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । उता पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् । खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनको भनाइ छ ।

राईले मासिक रु पाँच लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको सुनाइन । प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी बताउछिन् । खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताइन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.