भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दसैँ नजिकिएसंगै बढ्न थाल्यो खसीबोकाको व्यापार

दसैँ नजिकिएसंगै बढ्न थाल्यो खसीबोकाको व्यापार

काठमाडौं । चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच पनि बढ्न थालेको छ । दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् ।

यता धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएको बताए । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्’ , लिम्बूले भने, ‘खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु।’

लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । उता पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् । खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनको भनाइ छ ।

राईले मासिक रु पाँच लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको सुनाइन । प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी बताउछिन् । खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताइन् ।

 


Thali Mobile Pvt.Ltd.