भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

नयाँ सहर आयोजनाः डुम्रे भन्सार क्षेत्रमा २० किलोमिटर सडक कालोपत्रे

नयाँ सहर आयोजनाः डुम्रे भन्सार क्षेत्रमा २० किलोमिटर सडक कालोपत्रे

मुख्य बुँदा 

नयाँ सहर आयोजनाले हालसम्म २०.३ किमी सडक कालोपत्रे सम्पन्न

३४.७८ किमी ग्राभेल, २.७४ किमी ढलान र ४६.०२ किमी नाला निर्माण

परियोजना २०७२/७३ देखि तनहुँको भानु र बन्दीपुर क्षेत्रमा सञ्चालन

गत आर्थिक वर्षमा सरकारी भवन, सामुदायिक भवन र सौर्य बत्ती जडान

६४३ रोपनी जग्गा एकीकरण प्रक्रिया अगाडि बढाइँदै

तनहुँ, २४ कार्तिक । तनहुँको डुम्रे भन्सार क्षेत्रमा सञ्चालित नयाँ सहर आयोजना कार्यालयले स्थापनाकालदेखि हालसम्म २०.३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ।

कार्यालय प्रमुख शान्ति शर्माका अनुसार, आयोजनाले ३४.७८ किलोमिटर सडक ग्राभेल, २.७४ किलोमिटर सडक ढलान र ४६.०२ किलोमिटर नाला निर्माण कार्य पूरा गरेको छ।

सरकारले आन्तरिक बसाइँसराइ व्यवस्थित गर्न मध्यपहाडी लोकमार्ग वरपर दश नयाँ सहर स्थापना गर्ने नीति लिँदै विसं २०७२/७३ बाट तनहुँको भानु र बन्दीपुरका साबिकका वडाहरू समेटेर यो आयोजना सुरु गरेको हो।

आर्थिक वर्ष २०८०/८१ मा आयोजना अन्तर्गत ०.७८ किलोमिटर सडक ग्राभेल, १.२४ किलोमिटर ढलान, १.६ किलोमिटर कालोपत्रे र ३.६२ किलोमिटर नाला निर्माण गरिएको छ।

गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक खेलमैदान, दुई मनोरञ्जन पार्क र एक खानेपानी योजना सम्पन्न गरिएको कार्यालयले जनाएको छ। यस्तै, ४३४ वटा सौर्य बत्ती जडान गरी स्थानीय पूर्वाधार सुधारमा योगदान पुर्‍याइएको छ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया पनि अगाडि बढाएको छ। यसका लागि ६४३ रोपनी जग्गा पहिचान भइसकेको र बाटोको किल्ला तोक्ने कार्य सम्पन्न भएको जानकारी दिइएको छ।

गत आर्थिक वर्षमा चालुतर्फ विनियोजित रु १ करोड ५ लाखमध्ये रु ७५ लाख र पुँजीगततर्फ विनियोजित रु ११ करोड ७७ लाखमध्ये रु ४ करोड ७४ लाख खर्च गरिएको कार्यालय प्रमुख शर्माले बताइन्।

 


Thali Mobile Pvt.Ltd.