भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न हेम्जाकोट स् पर्यटन र इतिहासको संगम

नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न हेम्जाकोट स् पर्यटन र इतिहासको संगम

मुख्य बुँदा 

माछापुच्छ्रे गाउँपालिका–६ कास्कीको हेम्जाकोट पर्यटकका लागि नयाँ आकर्षण

१८ किलोमिटर टाढा पोखराबाट पुगिने, माछापुच्छ्रे हिमाल नजिकै नियाल्न सकिने

१२ घरमा होमस्टे सञ्चालन, ८० जनासम्म पाहुनाको व्यवस्था

२०७२ सालमा पर्यटन मन्त्रालयले उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषणा

इतिहासमा बाइसे–चौबीसे कालको “कोट” बाट हेम्जाकोट नामको उत्पत्ति

पछिल्ला वर्षहरूमा चलचित्र र म्युजिक भिडियो छायाङ्कन स्थलको रूपमा लोकप्रिय

कास्की, २४ कार्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिका(६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको मुख्य आकर्षण हो।

यो गाउँको प्राकृतिक सौन्दर्यतासँगै ऐतिहासिक महत्त्व पनि छ। सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङका अनुसार, नेपालका बाइसे चौबीसे राजाहरूको पालामा गाउँमाथि रहेको कोटु दरबारबाट नै यसको नाम हेम्जाकोट रहन गएको हो। यहाँ जयकोट नामको अर्को टाकुरा पनि छ, जहाँ बलिपूजा गर्ने प्रचलन छ र बलि दिइएको प्रसाद महिलाले घरमा लैजान नहुने विश्वास गरिन्छ।

२०६२ सालदेखि घरबास होमस्टे सञ्चालन गरिएको यस गाउँमा हाल १२ वटा घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ करिब ८० जना पाहुना अटाउने व्यवस्था छ। होमस्टे सञ्चालकहरूले पर्यटकका लागि खाजा, बेलुकाको खाना, बास र बिहानको नास्तासहित १,२०० रुपैयाँको प्याकेज निर्धारण गरेका छन्।

यो गाउँ पोखराको सिमपानीबाट १८ किलोमिटरको दूरीमा छ र यहाँ गुरुङ समुदायको बाहुल्य छ। यो सामुदायिक होमस्टेलाई विसं २०७२ मा पर्यटन मन्त्रालयले उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित गरेको थियो।

हेम्जाकोट माछापुच्छ्रे मोडल ट्रेकु मा पर्ने भएकाले पर्यटकीय मौसममा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ। गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार, शान्त परिवेश, गुरुङ मौलिक संस्कृति र हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता हो। पछिल्लो समय यो क्षेत्र म्युजिक भिडियो तथा चलचित्र छायाङ्कनका लागि पनि रोजाइमा पर्न थालेको छ। रासस

 


Thali Mobile Pvt.Ltd.