भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

दुर्गा प्रसाईँलाई के सजाय ?

दुर्गा प्रसाईँलाई के सजाय ?

काठमाडौं । सामाजिक अभियन्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । प्रसाईँलाई तीन दिन थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार रामु शर्मा बताए ।

प्रहरीको साइबर ब्यूरोले प्रसाईँलाई आइतवार अपराह्न भक्तपुरबाट पक्राउ गरेको थियो । अवस्थीले एक महिलाको उजुरीको अनुसन्धानका क्रममा प्रसाईँलाई पक्राउ गरिएको बताएका छन् ।

पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँ आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने गरेका छन् । प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।एक साताअघि परेको उजुरीपछि उनलाई पक्राउ गर्न प्रहरीले केही दिनअघि नै काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

आफूलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएपछि प्रसाईँ घरबाहिर ननिस्किएको विवरण आएका थिए । प्रहरीले उनलाई मध्यपुर थिमीमा रहेको उनको घरभित्रै प्रवेश गरेर आइतवार अपराह्न नियन्त्रणमा लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.