भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

काण्डमा मुछिएका पुनलाई अध्यक्ष बनाउने तयारी

काण्डमा मुछिएका पुनलाई अध्यक्ष बनाउने तयारी

काठमाडौं । सहकारी ठगी र सुन तस्करीको अभियोग लागेका दीपेशकुमार पुनलाई माओवादी केन्द्र पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने तयारी भइरहेको बुझिएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश हाल अखिलका महासचिव छन् । यस्तो गम्भीर आरोपमा मुद्धा चलिरहेको व्यक्तिलाई अध्यक्ष बनाउन नहुने संस्थापन इतर पक्षको अडान छ ।

असोज १० देखि १४ गतेसम्म काठमाडौंमा हुने अखिलको राष्ट्रिय सम्मेलनबाट उनलाई अध्यक्ष बनाउने तयारी गरिएको हो ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुँदै छन् । अखिलका प्रवक्ता जीपी मैनालीले हालसम्म प्रदेश र जिल्लाबाट ९५ प्रतिशत प्रतिनिधि चयन भइसकेको बताए । सम्मेलन नजिकिँदै गर्दा नेतृत्वमाथि दाबी गर्ने क्रम सुरु भएको छ ।

अध्यक्षको आकांक्षीमा नरेश रेग्मी, अच्युत भट्ट, मदन भुल, केशव रावल, दीपेश पुन, जीपी मैनाली, इन्द्र भुसाल, पवन कार्की, नारायण खनाल, प्रविणा अधिकारी र क्षितिज सापकोटा छन् । महासचिव पदका लागि सुधीन पौडल, हेमन्त राई, सुधीर रेग्मी र तृष्णा हमाललगायत छन् । संस्थापन पक्षले पुनलाई अध्यक्षमा अघि सारेको छ । सम्मेलनको नारा ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन ।

रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ राखिएको छ । दीपेश प्रहरीको विभिन्न समयको अनुसन्धान अनुसार शक्तिको प्रयोग गरी सहकारी ठगी र सुन तस्करीमा संलग्न देखिएका थिए । पोखरास्थित सूर्यदर्शन सहकारी र रूपन्देहीको सुप्रिम सहकारीबाट दीपेशका नाममा ऋण प्रवाह भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.